Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


शेयर बजार ऋणात्मक


0
Shares

काठमाडौं, भदौ १० । आइतबार शेयर बजार ऋणात्मक रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से ३ अंक बराबरले ओरालो लागेर ११७५ मा आएर थामियो । 

उत्पादनमूलक समूह नगन्य अंकले हरियो रहेबाहेक अरु सबै समूह ऋणात्मक रहे । निर्जीवन बीमा समूह सबैभन्दा उच्च ४२ अंकले झ¥यो ।

लघुवित्त र विकास बैंक समूह पनि दोहोरो अंकले झरे । अरु समूह सामान्य अंकले रातो रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १४६ कम्पनीको ६ लाख बराबर कित्ता शेयर जम्मा साढे २० करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।