२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


बालबालिकाको लागि नेपालमा बृहद कोडिङ्ग किक स्टार्ट प्रतियोगिता हुँदै


78
Shares

काठमाडौं । यही पौष १७ देखि देश व्यापी रुपमा ८ देखी १६ वर्ष सम्मको बालबालिकाहरुको लागि कोडिङ्ग प्रतियोगिता हुने भएको छ ।

मेरो कोडिङ्ग क्लासले गर्न लागेको उक्त प्रतियोगितामा बालबालिकाहरु सहभागी हुन सक्ने छन् । प्रतियोगितामा भाग लिनु अगावै बालबालिकाहरुलाई १० दिनको कोडिङ्ग वर्कसप प्रदान गरिने छ । बालबालिकाहरुलाई पुर्व कोडिङ्गको ज्ञान नभएता पनि भाग लिनको लागि कुनै कठिनाई नहोस भनेर उक्त १० दिनको वर्कसप दिन लागिएको संस्थाले जनाएको छ ।

प्रतियोगितामा भाग लिने बालबालिकाले २ लाख बराबरको कोडिङ्ग छात्रवृत्ति पाउनुको साथ–साथै अन्य पुरस्कार पनि प्राप्त गर्नेछन् ।नेपालमै पहिलो पटक हुन गईरहेको कोडिङ्ग किक स्टार्टले बालबालिकाहरुको लागि प्रतियोगिता, मनोरञ्जनको साथ–साथै भविष्यको लागि उपयुक्त ज्ञान पनि प्रदान गर्नेमा विश्वस्थ रहेको मेरो कोडिङ्ग क्लासले जनाएको छ ।