Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


आहा रारा पोखरा गोल्डकपमा १० टोलीको टुंगो


988
Shares

काठमाडौं । मोफसलको चर्चित आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२ औं संस्करणमा सहभागिता जनाउने १० टोलीको टुंगो लागेको छ ।

आयोजक सहारा क्लब पोखराले मंगलबार एक विज्ञप्ति निकाल्दै प्रतियोगिता खेल्ने १० टोलीको तय भएको जनाएको छ ।

यस संस्करणमा साविक विजेता नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, सहारा क्लब पोखरा, नेपाल पुलिस फुटबल क्लब, मनाङ मसर््याङ्दी क्लब, मछिन्द्र क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, बीवाईएससी युएसए, संकटा क्लब र धरान फुटबल क्लबले सहभागिता जनाउने छन् ।

पोखरा रंगशालामा आयोजना हुने २२ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता पुस १४ गते देखि २३ गतेसम्म सञ्चालन हुने छ । यस्तै, आयोजकले पुरस्कार राशिमा वृद्धि गरिएको जनाएको छ ।

यस पटकको विजेताले १२ लाख पाउने छन् । यस पटक २ लाख वृद्धि गरिएको हो । यस्तै, दोस्रो हुने टोलीको पुरस्कारमा १ लाख वृद्धि गर्दै ६ लाख दिईने आयोजकले जनाएको छ । यस प्रतियोगिताको कुल अनुमानित आम्दानी १ करोड ५९ लाख ५० हजार रुपैया र कुल अनुमानित खर्च १ करोड १३ लाख ५६ हजार रुपैयाँ अनुमान गरिएको छ ।