 
	    स्याङ्जा । स्याङ्जाकाे गल्याङ नगरपालिकाका नगरप्रमुख गुरूप्रसाद भट्टराईले शैक्षिक क्षेत्रकाे सुधार भएमा मात्रै व्यक्ति, समाज र राष्ट्रको विकास हुने बताउनुभएकाे छ ।
प्रभावकारी र जीवन उपयोगी शिक्षा आजको आवश्यकता भएकै कारण शिक्षालाई पहिलो प्राथमिकतामा राखेर विभिन्न कार्यक्रमका साथ आफू अगाडि बढेको समेत उहाँले बताउनुभएकाे हाे । साेही नगरपालिकाभित्र रहेका विपन्न बालबालिकाहरूलाई पढाऔं अभियानको गल्याङ-८ चण्डिका आधारभूत विद्यालयबाट सुभारम्भ गरिएको कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएको छ ।
गत वैशाखमा सम्पन्न भएकाे स्थानीय तहकाे निर्वाचनमा निर्वाचित भएर नगरप्रमुखको पद ग्रहण गरेकै दिन माध्यमिक तहका ११ र १२ कक्षाका विद्यार्थीहरूलाई २० प्रतिशत र क्याम्पस तहका विद्यार्थीहरूलाई १० प्रतिशत छात्रा वृत्तिको घोषणा गरेको कुरा समेत उहाँले स्मरण गराउनुभयो । शिक्षामा आज गरिएको लगानीले २०/२५ वर्ष पछाडी कुशल र दक्ष जनशक्ति उत्पादन हुने भएकाले आजदेखि नै उनीहरूलाई सहि मार्गमा लगाउनु पर्ने उहाँकाे भनाइ थियाे ।
साेही विद्यालयमा दलित र जनजातिका ९९ प्रतिशत बालबालिकाहरू अध्ययनरत रहेका छन् । आर्थिक अभावका कारण कपी र कलम किन्न समेत नसक्ने बालबालिकाहरूका लागि भने यो कार्यक्रम प्रभावकारी हुने देखिएकाे छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्