३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


कर्मचारी युनियन संसद सेवाका बारेमा सधैँ नकारात्मक नबन्नुस्ः महासचिव गौतम


182
Shares

काठमाडाैं । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले नेपाल निजामति कर्मचारी युनियनले संसद सेवाका बारेमा सधैँ नकारात्मक पक्षहरुको मात्रै उठान गर्नु नहुने बताउनुभएको छ ।

बुधवार संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै महासचिव गौतमले संसद सेवाका बारेमा सकारात्मक कुराहरु बिर्सिएर नराम्रा कुराहरुमात्रै उठाउनु नहुने बताउनुभएको हो । उहाँले कर्मचारीहरुले धेरै कुराहरु सुधार गरेर जान आवश्यक रहेको भन्दै युनियनले अध्ययन गरेर सेवा सुविधाका बारेमा
छलफल बढाउनुपर्ने बताउनु भयो ।

कर्मचारीहरुको सेवा, सुविधाहरु दिने कुरामा सक्नेजति गरिरहेको भन्दै नसक्ने कुरा गर्न नमिल्ने बताउनु भयो । महासचिव गौतमले संसदले गरेका राम्रा कामहरुको बारेमा अध्ययन समिति बनाएर हेर्न
युनियनलाई आग्रह गर्नुभयो ।

उहाँले युनियनले राम्रा कामहरु बिर्सिएर नराम्रा कुराहरु मात्रै लिएर आउन नमिल्ने बताउनु भयो । संसद सचिवालयले युनियनलाई परिवारको रुपमा हेरेको भन्दै कर्मचारीहरुले रचनात्मक कुरामा ध्यान दिन जरुरी रहेको बताउनु भयो ।

महासचिव गौतमले महासचिव नरम छ भन्ने सोचेर नरमताको फाइदा नउठाउन चेतावनी दिनुभयो ।