काठमाडौं । स्टिल तथा ग्रिल व्यवसायीहरुले स्थानीय सरकारले लगाएको मनलाग्दी करको विरोध गरेका छन् ।
यसले यस क्षेत्र नै धराशायी हुँदै गएको गुनासो समेत गरेका छन् ।
यी करप्रती आफूहरुले शान्तिपुर्वक न्याय माग्ने र माग सम्बोधन नभएमा आन्दोलनमा उत्रने समेत चेतावनी उनीहरुले दिएका छन् ।
ग्रिल तथा स्टिल व्यवसायी महासंघले शनिबार राजधानीमा गरेको कार्यक्रममा अध्यक्ष मोहन कटुवालले स्थानिय सरकारहरुको मनलाग्दी कर असुलीले सम्पूर्ण व्यवसायी मारमा परेको गुनासो गरे । यसलाई सरकारले अविलम्ब सम्बोधन गर्न उनले आग्रह गरे ।









प्रतिक्रिया दिनुहोस्