काठमाडौं । हुलास स्टिल उद्योगले नयाँ जस्ता बजारमा सार्वजनिक गरेको हो ।
कम्पनीले राजधानीमा एक कार्यक्रम गरी नयाँ उत्पादनबारे जानकारी गराएको हो ।
नयाँ उत्पादन नेपाली परम्परागत झिंगटी (टाएल) डिजाइनमा बनाइएको, १२० जिएसएम जिङ्क कोटिङ्ग गरिएको, ३० माइक्रोन भन्दा बढी प्राइमर तथा रंगको कोटिङ्ग भएको लगायतका विशेषता रहेको कम्पनीले जनाएको छ ।
यी उत्पादन मूल्य प्रतिस्पर्धी रहेको कम्पनीले जनाएको छ । कम्पनीले डिलर मिटको आयोजना पनि गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्