Logo १५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025


उदयपुर- १ मा रोकिएको मतगणना सुरु गर्न आयोगको निर्देशन


494
Shares

काठमाडौं । उदयपुर क्षेत्र नम्बर १ मा रोकिएको मतगणना कार्यलाई सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।

आयोगले उदयपुरका मुख्‍य निर्वाच अधिकृतको कार्यालयलाई मतगणनापूर्व भएको सहमतिको आधारमा मतगणना कार्यलाई सुरु गर्न सोमबार निर्देशन दिएको हो ।

आयोगका उप-सचिव ऋषिराम अर्यालले जारी गरेको पत्रमा भनिएको छ, ‘सो सम्बन्धनमा मतगणनापूर्व जे जस्तो सहमती भएको हो सो सहमतीका आधारमा मतगणना कार्यलाई निरन्तरता दिन सम्बन्धित मुख्‍य निर्वाचन अधिकृतलाई निर्देशन दिने ।’

प्रतिनिधि सभाको मतगणनाको क्रममा १ सय बढी मतपत्र प्रदेशसभाको भेटिएपछि भएको विवादका कारण आइतबारदेखि गणना रोकिएको थियो । एमालेले पुनः मतदानको र कांग्रेसले तत्काल मतगणनाको माग राखेका थिए ।