Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


काठमाडौं भ्यू टावर निर्माण अलपत्र (भिडियो)


0
Shares

मीरा बस्नेत/भरत केसी/दिलिप पोखरेल (इमेज)

काठमाडौं, भदौ ८ । काठमान्डौंको पुरानो बसपार्कमा बनाउने भनिएको भ्यू टावरको निर्माण अझै सुरु हुन सकेको छैन ।

वि.सं. २०७२ साल साउन ६ गते काठमाडौं महानगरपालिकाले जलेश्वर स्वच्छन्द विकोइ विल्डर्स कम्पनीलाई तीन वर्षभित्र भ्यू टावर निर्माणको जिम्मा दिएको थियो ।

सम्झौता अवधिको वर्ष दिन बितिसक्दा पनि निर्माणकार्यप्रति न त ठेकेदार कम्पनीको ध्यान पुग्न सकको छ । न त महानगरले कुनै कारबाही नै गर्न सकेको छ ।

करिब २३ रोपनी क्षेत्रफलमा भ्यू टावर निर्माण गरिने भएपछि यहाँको बसपार्क खुलामन्चमा सारिएको छ । अहिले निर्माणस्थल वरपर जस्तापाताले बेरिएको छ ।

त्यही नै भ्यू टावरको अहिलेसम्मको प्रगतिभन्दा हुन्छ । भित्र निर्माण सामग्री थुपारिएका छन् । उपकरणहरुले निर्माणस्थल भरिएको छ ।

भ्यू टावर पहिलो चरणमा १२ तल्लाकोमात्र निर्माण गरिने भनिएपनि ठेकेदारपक्षकै कमजोरीले अहिलेसम्म केही पनि काम अघि बढ्न नसकेको काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए ।

प्रवक्ता कार्कीले भ्यू टावर निर्माणमा महानगरपालिकाको कुनैपनि आर्थिक दायित्व नभएको भन्दै आफूहरुले यस विषयमा केही पनि गर्न नमिल्ने बताए ।

निर्माणको पूरै जिम्मा ठेकेदार कम्पनीकै रहेको भन्दै उनी पन्छिन खोजे ।

भ्यू टावर निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी स्वच्छन्द जलेश्वर विकोइ विल्डर्स कम्पनीले महानगरपालिकालाई वर्षेनि ९८ लाख रुपैयाँ भाडा तिर्दै आएको छ ।

भ्यू टावर निर्माण भइसकेपछि भने ठेकेदार कम्पनीले महानगरपालिकालाई २ करोड ३५ लाख रुपैयाँ रोयल्टी तिर्नुपर्ने हुन्छ ।

तर, महानगरपालिका भने भाडाबापतको रकम आइरहेको भन्दै आफूहरुलाईभन्दा पनि ठेकेदार कम्पनीलाई नै घाटा भइरहेको बताउँछ ।

यस विषयमा बुझ्न खोज्दा कन्सट्रक्सन कम्पनीका अध्यक्ष मनोज भेटवालले भने बोल्न चाहेनन् ।

भिडियो हेर्नुहोस्