
काठमाडौं । नेपालकै पहिलो ल्यामिनेट उत्पादक दाबी गरेको श्याम ल्यामिनेट्सले ट्रु लाम सिरिजका ल्यामिनेट नेपाली बजारमा ल्याएको छ ।
कम्पनीले हालै काठमाडौंमा कार्यक्रम गरी आफ्ना नयाँ उत्पादन बजेर प्रवेश गराएको हो ।
कम्पनीले १५ भन्दा बढी प्रकार र ९० भन्दा बढी रंगमा ट्रु लाम सिरिजका ट्वान्टी पोइन्ट एट एमएम ल्यामिनेट बजारमा ल्याएको हो ।
आफ्ना उत्पादन टिकाउ, गुणस्तरीय, आकर्षक हुनुका साथै मूल्य प्रतिस्पर्धी समेत भएको कम्पनीको दाबी छ । साथै, कम्पनीले आफ्ना उत्पादनको ब्राण्ड एम्बेसडरमा नायिका स्वस्तिमा खड्कालाई नियुक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्