Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


राष्ट्र बैंकले सुनचाँदीमा ‘सिन्डिकेट’ लगाएको भन्दै व्यवसायी आन्दोलित


0
Shares

चितवन, भदौ ८ । नेपाल राष्ट्र बैंकले सुनचाँदीमा ‘सिन्डिकेट’ लगाएको भन्दै नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले शुक्रबारदेखि अनिश्चितकालका लागि कारोबार ठप्प पारेको छ ।

तीन दिनदेखि आन्दोलनमा उत्रिएका व्यवसायीहरुले बिहीबार पसल खोले पनि कारोबार गरेनन् ।

सुनचाँदी व्यवसायी संघ चितवनले आन्दोलनको स्वरुपलाई परिमार्जन गर्दै शनिबार चितवनमा राष्ट्रिय भेला गर्ने भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष जीवनज्योति सदाशंकरले आफूहरुको माग पूरा नभएसम्म चरणबद्धरुपमा आन्दोलन जारी राख्ने बताए ।

जिल्ला संघका महासचिव त्रिलोक भीकेले राष्ट्रिय भेलामार्फत् नयाँ रणनीति बनाउने बताए ।

दैनिक पाँच केजी सुनको माग रहेको चितवनमा नेपाल राष्ट्र बैंकले दुई केजीमात्रै दिने गरेपछि व्यवसायी आन्दोलित भएका हुन् ।

यसअघि, चितवनमा व्यवसायीहरुले एक हप्ता कारोबार बन्द गरेका थिए ।

गुल्मीका सुनचाँदी व्यवसायी पनि आन्दोलित

गुल्मीका सुनचाँदी व्यवसायीहरु पनि आन्दोलित भएका छन् ।

चाडपर्वको बेला पनि मागअनुसारको सुनचाँदी आपूर्ति हुन नसक्दा व्यवसाय गर्न गाह्रो भइरहेको गुल्मी सुनचाँदी व्यवसायी संघका अध्यक्ष बालकृष्ण बरालले बताए ।