काठमाडौं, भदौ ८ । दक्षिण कोरियामा काम गरी फर्केका नेपालीहरुलाई पुनः रोजगारीको अवसर प्रदान गर्न दोस्रो चरणको परीक्षा शुक्रबारदेखि सरु भएको छ ।
इपीएस कोरिया शाखाले सीबीटी परीक्षाका लागि ३ हजार ३०४ जना परीक्षार्थीको नामावली सार्वजनिक गरेको छ ।
परीक्षार्थीले कम्प्युटरमा आधारित विशेष भाषा परीक्षा पास गरेपछि पुनः चार वर्ष १० महिना कोरियामा काम गर्न जाने अवसर प्राप्त गर्नेछन् ।
सीबीटी परीक्षा चार ‘सेसन’मा हुने जनाइएको छ ।
पहिलो सेसन बिहान ९ बजेबाट, दोस्रो साढे १० बजेबाट, तेस्रो १ बजेबाट र चौथो सेसन साढे २ बजेबाट सुरु हुनेछ ।
परीक्षार्थीहरुले सक्कली पासपोर्ट र प्रवेशपत्र अनिवार्य लिएर जानुपर्नेछ ।
यदि परीक्षामा चिट चोरेको पाइएमा तीन वर्षसम्म भाषा परीक्षामा सहभागी हुन नदिइने इपीएस शाखाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्