
रसुवा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यको अग्रता कायम रहेको छ ।
पछिल्लो मत परिणामअनुसार २१ हजार सात सय ९२ मतगणना हुँदा आचार्यले १४ हजार एक सय एक मत प्राप्त गर्नुभएको छ ।
उहाँका प्रतिस्पर्धी नेकपा (एमाले) का छोवाङ तामाङले ६ हजार छ सय २७ मत प्राप्त गर्नुभएको छ । हालसम्म गणना भएको २१ हजार एक सय ९७ मत गणना भएको मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।
मतगणना कार्य आज रातिसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेकाले सुरक्षा व्यवस्था मजबुत बनाइएको जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दले बताउनुभयो ।
हालसम्म गणना भएको मतमध्ये पाँच सय ९४ मत बदर भएका छन् । रसुवामा ३९ हजार चार सय ५९ मतदाता रहेकामा २८ हजार सात सय १३ मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्