
फाइल तस्बिर
रुपन्देही । रुपन्देही क्षेत्र नं ४ को मतगणना सुरु भएको छ । नर्वाचन अधिकृतको कार्यालय कोटहीमाइ गाउँपालिकाको भवनमा मतगणना सुरु भएको हो ।
सर्वदलीय बैठकको निर्णयपछि मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय प्रमुख देवेन्द्रराज आचार्यले जानकारी दिनुभयो ।
यस क्षेत्रमा प्रतिनिधि सभामा सत्ता गठबन्धनका प्रमोद यादव र लोकतान्त्रिक सवाजवादी पार्टीका वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्लाबीच मुख्य प्रतिस्पर्धा छ । यस क्षेत्रमा ७७ हजार ६४ मत खसेको थियो ।
यहाँ कूल मतदाता एक लाख १० हजार सय ६९ रहेका थिए । क्षेत्र नं ५ मा पनि मतगणना भइरहको छ । क्षेत्र नं १,२ र ३ मा पनि केहीबेरमा सुरु गर्ने तयारी छ ।—
प्रतिक्रिया दिनुहोस्