Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


एसियाली खेलकुद : पौडीतर्फ नेपालका सबै खेल समाप्त


0
Shares

जकार्ता, भदौ ८ । एसियाली खेलकुदको पौडीतर्फ नेपालका सबै खेल सकिएका छन् ।

चार खेलाडी सहभागी पौडी खेलमा नेपालले कुल १० विधामा प्रतिस्पर्धा गरेको थियो ।

आज भएको महिला ५० मिटर फ्रिस्टाईलतर्फ नेपालका दुई खेलाडी गौरिका सिंह र टिसा शाक्य आफ्नो हिटमा पुछारका दुई स्थानमा रहे । गौरिकाले निर्धारित दुरी २८.५० सेकेण्डमा पूरा गरिन् भने टिसाले २९.६१ सेकेण्डमा दुरी पार गरिन् ।

यो हिटबाट चीनकी जियाङ लिउ र सिंगापुरकी जियाङ लिम फाईनल चरणमा प्रवेश गरे ।

पौडीकै पुरुष ५० मिटर ब्रेस्टस्ट्रोकमा नेपालका शुभम श्रेष्ठको प्रदर्शन पनि सहभागिता मै सीमित बन्यो । ३२.४५ सेकेण्डमा दुरी पार गरेका शुभम ८ खेलाडी सहभागी आफ्नो हिटमा सातौं भए । यो हिटमा पहिलो भएका जोर्डनका पौडीवाज आम्रो अलविर पनि फाईनल चरणका लागि छनौट हुन सकेनन् ।