
एजेन्सी । भारतीय अभिनेत्री सारा अली खान अहिले क्रिकेटर शुबमन गिलसँगको निकटताका कारण चर्चामा छिन् ।
दुवै जना पटक पटक सँगै देखिएका छन् । अब एक च्याट शोको क्रममा शुबमनले सारासँगको अफेयरको खबरमा प्रतिक्रिया दिएका छन् ।
चर्चित पञ्जाबी च्याट शो ‘दिल दियां गल्ल’ मा शुबमनलाई सोधिएको थियो, बलिउडमा सबैभन्दा फिट महिला अभिनेत्री को हो, शुबमनले तुरुन्तै साराको नाम लिए । त्यसपछि उनलाई सोधियो, के तपाई सारासँग डेट गर्दै हुनुहुन्छ , त्यसमा शुबमनले भने, ‘हुन सक्छ’ ।
सारा र शुबमन प्रायः सँगै देखिने गरेका छन्। हालै यी दुवैको एउटा भिडियो सार्वजनिक भएको थियो, जसमा उनीहरू फ्लाइटमा केही फ्यानसँग सेल्फी खिचिरहेक थिए । शुबमन साराको छेउमा सिटमा बसेका थिए ।
त्यसैगरी, केही दिन अघि उनी मुम्बईको एक रेस्टुरेन्टमा डिनर गरिरहेको देखिएका थिए । यसबाहेक उनी दिल्लीको एक होटल बाहिर पनि देखिएका थिए ।
योसँगै शुबमनको नाम सचिन तेन्दुलकरकी छोरी सारा तेन्दुलकरसँग जोडिएको छ । यद्यपि, यी दुई सार्वजनिक रूपमा कहिल्यै सँगै देखिएका छैनन् र डेटिङको कुनै पनि समाचारको पुष्टि गरेका छैनन्। दुवैले सामाजिक सञ्जालमा एकअर्काको तस्बिरमा मात्रै कमेन्ट गरेका देखिने गरेको भारतीय सञ्चार माध्यामले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्