काठमाडौं, भदौ ७ । साताको अन्तिम दिन बिहीबार पनि सेयरबजार परिसूचक नेप्सेमा गिरावट आयो ।
यसदिन पनि नेप्से करिब ४ अंकले झरेर ११ सय ७८ विन्दुमा आइपुग्यो ।
यसदिन टेलिकम सूचीकृत अन्य र विकास बैंक समूहबाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आएसँगै नेप्से झरेको हो । उत्पादनमूलक समूह सबैभन्दा उच्च ५४ अंकले झर्यो ।
यस्तै, जीवनबिमा समूह ३८ अंकले, निर्जीवन बिमा समूह २७ अंकले झ¥यो भने जलविद्युत् समूहमा पनि १४ अंकको गिरावट आयो ।
यसदिन १५९ कम्पनीका १० लाख कित्ता सेयर २७ करोड ७३ लाख रुपैयाँ बराबरमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्