सुन्दरकुमार थकाली (इमेज)
मुस्ताङ, भदौ ७ । मुस्ताङको पवित्र धार्मिकस्थल मुक्तिनाथ, रानीपौवा बजारमा बिहीबारदेखि यार्तुङ महोत्सव सुरु भएको छ ।
वर्षेनि वर्षायामको समाप्तीपछि खुसियालीस्वरुप आयोजना हुने पर्व÷महोत्सवमा आपसमा भेला भएर घोडा कुदाउने गरिन्छ ।
उपल्लो मुस्ताङका लोहा र विष्ट समुदाय तथा मध्य मुस्ताङका गुरुङ समुदायले यो पर्व उत्साहपूर्वक मनाउने गर्दछन् ।
यार्तुङ पर्वका अवसरमा आपसमा भेला हुने, मीठो खाने, राम्रो लगाउने र आपसमा नाचगान गरिन्छ ।
महोत्सव आइतबारसम्म चल्ने जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्