Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


कपिलवस्तुका सुनचाँदी व्यवसायी आन्दोलित


0
Shares

बासुदेव वर्मा (इमेज)

कपिलवस्तु, भदौ ७ । सरकारले सहज तरिकाले सुनचाँदी आपूर्ति नगर्दा आफ्नो पेसा, व्यवसाय धरासायी भएको भन्दै कपिलवस्तुका सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् ।

आन्दोलित जिल्लाभरका व्यवसायीले बिहीबारदेखि तीन दिनसम्म सुनचाँदी पसल बन्द गर्ने निर्णय गरेका हुन् ।

सरकारले व्यवसायीको संरक्षण गर्ने प्रतिबद्धता गरे पनि सुनचाँदीको आवश्यक आपूर्ति तथा मापदन्ड तोक्ने विषयमा कुनै चासो नदिएको आरोप व्यवसायीको छ ।

सुन सहज उपलब्ध नहुँदा प्रतितोला ३ हजार ५०० रुपैयाँ बढी रकम तिर्नुपर्दा सुन कालोबजारियालाई प्रोत्साहन मिलेको व्यवसायीको गुनासो छ ।