Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


आर्चरीमा तिलक पुन मगर अन्तिम १६ मा पराजित


0
Shares

इन्डोनेसिया, भदौ ७ । एसियाली खेलकुदको आर्चरी अर्थात धनुषवाणतर्फ आज नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।

आर्चरीको रिकर्भ पुरुष व्यक्तिगत विधामा नेपालका तिलक पुन मगरले एक खेल जिते पनि अन्तिम १६ मा पराजित भए ।

दिनको पहिलो खेलमा भुटानका निमा वाङ्ग्दीलाई ६/० ले हराएका तिलकले अन्तिम १६ को खेलमा चिनियाँ खेलाडी तियानु झुसँग ६/४ को हार व्यहोरे ।

आर्चरीको यही विधामा नेपालका अर्का खेलाडी रोशन नगरकोटी भने श्रीलंकाका सभिज डे सिल्भासँग पहिलो खेलमै ६/० ले पराजित भए । 

आर्चरीको रिकर्भ महिला व्यक्तिगत विधामा नेपालकी ज्ञानु अवाले हङकङकी खेलाडी सुक छिमसँग ६/२ ले पराजित भईन् ।