
काठमाडौं । शौर्य सिमेन्टले देशव्यापी रूपमा ‘शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल अफर’ ल्याएको छ ।
कार्तिक १५ देखि पौष ३० सम्म लागु हुने यस योजना अन्तर्गत उपभोक्ताहरूले हरेक ५० बोराको खरिदमा १ प्रति कुपन प्राप्त गरी हात खाली नजाने रु.५०० देखि रु.१०,००० सम्मको कुपन स्क्याचर गरी नगद प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
त्यसैगरी, ५० बोरा भन्दा बढीको खरिदमा, एक भन्दा बढी कुपन प्राप्त गर्दा, शून्य अङ्क उल्लेखित कुपन परेको खण्डमा आफ्नो अर्को कुपनमा भएको रकम पछाडि शून्य थपगरी रु १ लाखसम्म नगद प्राप्त गर्न सक्नेछन् ।
उदाहरणका लागि : १०,००० +० = १,००,०००
यद्यपि सयौं संख्यामा (०) को कुपन भए पनि प्रत्येक कुपनमा एकपटक मात्र शून्य (०) लाई पछाडि लगेर जोड्न मिल्नेछ । साथै उक्त रकममा शून्य (०) थप गरिएको अवस्थामा कम्पनीकोआधिकारिक व्यक्तिबाट निर्माणस्थलमै रकम प्रदान गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्