३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


अक्षय कुमार मराठी फिल्ममा डेब्यु गर्दै


442
Shares

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारले मराठी फिल्ममा डेब्यु गर्ने भएका छन् ।

अभिनेता अक्षय निर्देशक महेश मांजरेकरको फिल्म ‘वेदात मराठे वीर दौडले सात’ बाट मराठी फिल्ममा डेब्यु गर्ने तयारी हुन् । यस फिल्ममा अभिनेता अक्षय छत्रपति शिवाजी महाराजको ऐतिहासिक भूमिकामा देखिनेछन् ।

भारतीय सञ्चार माध्यमका अनुसार हालै फिल्मको लागि एक कार्यक्रम आयोजना गरिएको थियो, जसमा निर्देशक महेशले फिल्मलाई आफ्नो ड्रीम प्रोजेक्ट भएकाे बताएका छन् । यससँगै उनले विगत ७ वर्षदेखि यो फिल्ममा काम भइरहेको पनि खुलासा गरेका छन् ।

मराठी फिल्म डेब्यूको बारेमा कुरा गर्दै अभिनेता अक्षय भन्छन्, ‘मेरो लागि यो सपना साकार भएको जस्तै हो। छत्रपति शिवाजी महाराजको चरित्रलाई ठूलो पर्दामा निभाउनु आफैँमा ठूलो जिम्मेवारी हो भन्ने मलाई लाग्छ । जब मलाई यो चरित्र निभाउन प्रस्ताव गरे तब म पछि हटें। यति मात्र होइन, म पहिलो पटक महेश मांजरेकरसँग पनि काम गर्दैछु र यो मेरो लागि फरक अनुभव हुनेछ।’

यो फिल्मको बारेमा कुरा गर्दै निर्देशक महेशले अहिलेसम्म बनेको सबैभन्दा ठूलो र भव्य मराठी फिल्म हुने बताएका छन् । उनले यो फिल्मलाई देशभर रिलिज गर्ने बताएका छन् ।

फिल्म सात बहादुर योद्धाको कथामा आधारित छ । जसको एकमात्र उद्देश्य शिवाजी महाराजको स्वराज्यको सपनालाई साकार पार्नु हो । मराठी बाहेक यो फिल्म हिन्दी भाषामा पनि रिलिज हुने निर्देशक महेशले बताएका छन् ।

यो फिल्म २०२३ मा दीपावलीको अवसरमा रिलिज हुनेछ ।