
काठमाडौं । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिले दोस्रो संस्करणको राष्ट्रिय टेनिस र चौथो संस्करणको १० के रोड रेस आयोजनाका लागि मिति सार्वजनिक गरेको छ ।
कमिटिले सोमबार पत्रकार सम्मेलन गरी दुई खेलका राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने जनाएको हो ।
स्पोर्ट्स कमिटिले कात्तिक १९ देखि २६ सम्म टेनिस प्रतियोगता आयोजना गर्ने जनाएको छ । यस्तै, पुस २३ गते चौथो वीर गणेशमान सिंह १० के रोड रेस गर्ने जनाएको हो । पहिलो चरणमा आयोजना गर्न लागेको टेनिस प्रतियोगिता सातदोबाटोस्थित टेनिस कोर्टमा गर्ने बताइएको छ ।
एक साता लामो चल्ने प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिष्पर्धा हुने छन् भने सातदोबाटोको सबै कोर्टमा प्रतियोगिता गर्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगिता अन्तर्गत टेनिसको महिला पुरुष विजेताले ८० हजार, दोस्रोले ४० र तेस्रोले २० हजार पाउने जनाएको छ ।
महिला पुरुष डबल्सको विजेताले ४० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार पाउनेछन् । यस्तै पुरुष ३५ वर्षमाथि एकलका शीर्ष तीनले क्रमशः ४० हजार, २० हजार र १० हजार पाउने छन् भने पुरुष ३५ वर्षमाथि डबल्सका शीर्ष तीनले २५ हजार, १५ हजार र ५ हजार पाउने छन् ।
पुरुष ४५ वर्षमाथि एकलतर्फको शीर्ष तीनले ३० हजार, १५ हजार र ५ हजार प्राप्त गर्ने छन् भने ४५ वर्षमाथि डबल्सकाले २० हजार, १० हजार र ५ हजार पाउने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो । यस्तै, ५५ वर्षमाथिका एकलले २० हजार, १० हजार र ५ हजार, ५५ वर्षमाथि डबल्सले १५ हजार, ८ हजार र ८ हजार र ६५ वर्षमाथिका शीर्ष तीनले १५ हजार, ७ हजार ५ सय र ५ हजार पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्