Logo ११ बैशाख २०८३, शुक्रबार | Sat Apr 25 2026


काठमाडाैंमा नेपाल–जर्मन मार्ट-२२ मेला सुरु


39
Shares

काठमाडाैं । काठमाडौंस्थित जर्मन दूतावासमा नेपाल–जर्मन मार्ट-२२ मेला शनिबारबाट सुरु भएको छ । दुईदिनसम्म चल्ने मेलाको उद्घाटन नेपालका लागि जर्मनीका राजदूत डा.थोमस प्रिन्जले गर्नुभएको छ ।

मेलाको मुख्य उद्देश्य नेपाल र जर्मनीबीचको व्यापार प्रवर्द्धन रहेको बताइएको छ । मेलामा नेपाल र जर्मनीका उत्पादनहरूका साथै खाना र संस्कृतिको प्रदर्शन गरिनेछ । नेपाल जर्मन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनजीसीसीआई)ले जर्मन दूतावास काठमाडौँको सहकार्यमा प्रदर्शनी आयोजना गरेको हो ।

राजदूत डा.प्रिन्जले कोभिडको कारणले २ वर्षदेखि अवरुद्ध भएको द्विपक्षीय व्यापारमा सकारात्मक विकासलाई निरन्तरता दिने हाम्रो उद्देश्य रहेको बताउनुभयो । प्रदर्शनीमा नेपाल र जर्मनीका ४० कम्पनीको सहभागिता रहेको छ । प्रदर्शनीमा जलविद्युत,अटोमोबाइल र पर्यटन क्षेत्रका कम्पनीका स्टलहरू रहेका छन् ।

साथै गलैँचा,फेल्ट,हस्तकला आदिका स्टलहरू पनि राखिएको छ । साथै नेपाली तथा जर्मन खाद्य तथा पेय पदार्थका स्टलहरू पनि राखिएको छ । कार्तिक १३ गते मेलामा सांस्कृतिक नृत्य कार्यक्रम राखिएको छ । मेलामा करिब ८०० जना प्रत्यक्ष र भर्चुअल प्रदर्शनीमा लगभग ७००० जनाले भाग लिने अपेक्षा गरिएको छ ।