
काठमाडाैं । पीएम कप पुरुष क्रिकेट प्रतियोगिता आइतबारबाट सुरु हुँदैछ । नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्न लागेको प्रतियोगिता कात्तिक १३ देखि सुरु भएर कात्तिक २६ गतेसम्म संचालन हुनेछ ।
टियु र मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । क्यानले १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।
समूह ए मा नेपाल एपीएफ,त्रिभुवन आर्मी क्लब,कर्णाली प्रदेश,गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश छन् । समूह बी मा नेपाल पुलिस क्लब,बागमती प्रदेश,लुम्बिनी प्रदेश, मधेश प्रदेश र प्रदेश १ रहेको छ । प्रतियोगिताको उद्घाटन खेलमा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
उद्घाटन खेल टियु क्रिकेट मैदानमा हुनेछ । पहिलो दिन नै आईतबार मुलपानी मैदानमा पुलिस क्लब र बागमती प्रदेशबीच खेल हुनेछ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताका लागि सहभागी विभागीय टोली र प्रदेशले टिम घोषणा गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्