Logo ८ माघ २०८२, बिहिबार | Thu Jan 22 2026


महाेत्तरीमा लगाइएकाे अनिश्चितकालिन कर्फ्यू हटाइयाे


104
Shares

महाेत्तरी । महाेत्तरीमा जारी अनिश्चितकालिन कर्फ्यू हटाइएकाे छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले भंगहा नगरपालिका ८ पररियाटोलमा लगाइएको कर्फ्यू हटाइएको हाे ।

सो क्षेत्रको अवस्था सामान्य भएपछि बिहीबार दिउँसाे ३ बजेदेखि लगाइएकाे कर्फ्यू हटाइएको हाे ।

गएराति १० बजेदेखि कर्फ्यु हटाइएपछि अवस्था सामान्य भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

सो क्षेत्रको अवस्था समान्य भएपछि सुरक्षा संयन्त्रको बैठकले गरिएको सहमति अनुसार कर्फ्यू हटाइएको प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अवस्था सामान्य भएपछि स्थानीयहरूले अहिले छठको तयारी गर्नमा व्यस्त रहेका छन्।

गत बिहीबार हिन्दु र मुस्लिम समुदायका पक्षबिच झडप भएपछि स्थानीय प्रशासनले सो क्षेत्रमा अनिश्चित कालिन कर्फ्यू लगाएको थियो।