
एजेन्सी । भारतीय बलिउडका चर्चित फिल्ममेकर आदित्य धर आफ्नो आगामी फिल्म ‘द इम्मोर्टल अश्वत्थामा’ लाई लिएर लामो समयदेखि चर्चामा छन् ।
हरेक दिन यो फिल्मसँग सम्बन्धित समाचार बाहिर आइरहेका छन् । फिल्ममा अभिनेता विक्की कौशल र सारा अली खान मुख्य भूमिकामा देखिने भएका थिए ।
तर, अहिले यो फिल्मबाट सारालाई रिप्लेस गरिएको खबर आएको छ । जबकि विक्की अझै फिल्मको एक मुख्य भुमिकामा छन् । भारतीय सञ्चार माध्यामका अनुसार सारालाई रिप्लेस गर्नुको कारण उनको कम उमेर भनिएको छ ।
स्रोतले अनुसार ‘द इम्मोर्टल अश्वत्थामा’ का निर्माताहरूले फिल्मको कलाकार परिवर्तन गर्ने बारे सोचिरहेका थिए। जसका कारण सारा अब फिल्ममा देखिने छैनन् ।
पुरानो स्क्रिप्ट अनुसार फिल्ममा युवतीलाई कास्ट गर्नु पर्ने भएकाले निर्माताले सारालाई पहिले नै कास्ट गरेका थिए । तर यो बीचमा फिल्म केही समयका लागि स्थगित भएको थियो । यस अवधिमा स्क्रिप्टमा धेरै परिवर्तन भएको छ, जसका कारण अब स्क्रिप्ट अनुसार बढी उमेरको अभिनेत्री चाहिने भएको छ ।
सारालाई रिप्लेस गरेपछि निर्माताहरू अर्को अभिनेत्रीलाई कास्ट गर्ने सोचमा छन्। यसैबीच साउथ अभिनेत्री सामन्था रुथ प्रभुको नाम पनि चर्चामा छ । तर, निर्माताले अहिलेसम्म आधिकारिक रूपमा केही खुलाएका छैनन् ।
विक्की कौशलको यो फिल्मलाई लिएर फ्यानहरू निकै उत्साहित छन् । दर्शक लामो समयदेखि यस फिल्मको प्रतिक्षामा छन् । यस फिल्मको कथा पौराणिक कथामा आधारित रहेकोले विक्कीलाई यस्तो फिल्ममा देख्न पाउनु रोचक हुनेछ ।
प्रतिक्रिया दिनुहोस्