Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


विमानस्थलका लागि थप जग्गा अधिग्रहण गर्न लागेको हल्ला निराधार : मन्त्री अधिकारी


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, भदौ ६ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप जग्गा अधिग्रहण गर्न नपर्ने बताएका छन् ।

राष्ट्रिय गौरवका परियोजनाहरु अनुगमनकाक्रममा बुधबार पोखरामा मन्त्री अधिकारीले विमानस्थलका लागि थप ४०० रोपनी जग्गा अधिग्रहण गर्न लागेको हल्ला निराधार भएको बताए ।

उनले २०० यात्री बोक्नसक्ने क्षमताका जहाजमात्रै अवतरण गर्ने हुँदा थप जग्गा अधिग्रहण गर्न नपर्ने बताए ।

उनले पोखरा उपत्यका सबैलाई विमानस्थल बनाएपनि डाँडाकाँडाका कारण बोइङ ७३७ सम्मका जहाजमात्रै अवतरण गर्न नसक्ने हुँदा हालकै जग्गामा विमानस्थलका सम्पूर्ण काम गर्न निर्देशन दिएको जानकारी दिए ।

बुधबार विमानस्थलको डिजाइनसमेत सार्वजनिक गरिएको छ ।

केही दिनपहिले विमानस्थल निर्माणका लागि थप ४०० रोपनी जग्गा अधिग्रहण गर्ने हल्ला चले भएसँगै स्थानीय आफ्नो उठिबास हुने भन्दै आन्दोलनमा उत्रिएका थिए ।

मन्त्री अधिकारीले छिट्टै भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पनि सन्चालनमा ल्याउने गरी काम भइरहेको बताए ।