Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


एसियाड बास्केटबलमा नेपाली महिला टोली पहिलो खेलमा पराजित


0
Shares

जकार्ता, भदौ ६ । इन्डोनेसियामा जारी एसियाली खेलकुद (एसियाड)को थ्री अन थ्री बास्केटबलतर्फ नेपाली महिला टोलीले पहिलो खेलमा हार व्यहोरेको छ ।

जकार्तास्थित बुङ कार्नो रंगशालाको बास्केटबल हलमा बुधबार भएको खेलमा नेपाललाई चाइनिज ताइपेइले १९–८ ले हराएको हो ।

खेलमा नेपालको लागि भावना लामा र अनुसा मल्लले ३–३ अंक स्कोर गर्दा एलिना गुरुङ र श्रेया खड्काले १–१ अंकमात्रै जोड्न सके ।

महिला थ्री अन थ्री बास्केटबलको समूह ‘बी’मा रहेको नेपालले अब मंगोलिया र जापानसँग खेल्न बाँकी छ ।

थ्री अन थ्री बास्केटबलको पुरुषतर्फ नेपाल मंगलबार भएका दुई खेलमा जापान र कतारसँग हारेको थियो ।

पुरुष टोलीले अब जोर्डन र सिरियासँग खेल्न बाँकी छ ।

समूहको अर्को टोली माल्दिभ्स भने डिस्क्वाइलिफाइ भएको थियो ।