Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


यति एयरलाइन्सको जहाज धावन मार्गबाट १५ मिटर बाहिर पुग्यो, ठूलो दुर्घटना टर्‍यो


0
Shares

पोखरा, असार ३ । यति एयरलाइन्सको जहाज आज पोखरा विमानस्थलको धावन मार्गमा ठूलो दुर्घटनाबाट जोगिएको छ ।

काठमाडौंबाट पोखरा आएको एएचयु ६८१ को जहाज पोखरा विमानस्थलमा अवतरणका क्रममा हाइड्रोलिक फेल हुँदा धावन मार्ग छोडेर अचानक लुक एरियातर्फ गएको विमानस्थलका सुरक्षा गार्ड प्रहरी नायब निरीक्षक राजेश भट्टराईले जानकारी दिए ।

पोखरा विमानस्थलमा अवतरण हुने क्रममा रहेको सो जहाजमा चालक सहित ३३ यात्रु सवार थिए ।

उनका अनुसार लोक चन्द पाइलट र मोनिका प्रजापति कोपाइलट रहेको उक्त विमान धावनमार्गबाट लगभग १५ मिटर बाहिर गएको थियो । (रासस)