Logo २७ फाल्गुन २०८२, बुधबार | Thu Mar 12 2026


विशेष अदालतकाे फैसलाप्रति असहमति जनाउँदै अख्तियार पुग्याे सर्वाेच्च


637
Shares

काठमाडाैं । विशेष अदालतले गरेका केही फैसलाप्रति असहमति जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वाेच्च अदालत पुगेकाे छ ।

आयोगले घुससहित रंगेहात पक्राउ परेका व्यक्तिविरुद्धको मुद्दामा केही महिनायता विशेष अदालतले गरेको फैसलाप्रति असहमति जनाउँदै सर्वाेच्च पुगेकाे हाे ।

अख्तियारले विशेष अदालतले गरेका यस्ता केही फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ ।

आयोगका प्रवक्ता श्यामकुमार भण्डारीले केही मुद्दामा पर्याप्त तथ्य र प्रमाण भएपनि त्यो राम्राेसँग नहेरिएकाे दाबी गर्नुभयाे । उहाँले भन्नुभयाे ,’हचुवाको भरमा फैसला भयो भन्ने आधारमा हामीले पुनरावेदन दिएका हौं ।’

करिव डेढ वर्षअघि सर्वोच्च अदालतले घुससहित रंगेहात पक्राउ परेको घटनामा अख्तियारले आफैंले रकम उपलब्ध गराएको (स्टिङ अपरेसन) पाइए त्यसलाई प्रमाण मान्न नहुने फैसला गरेको थियो । त्यो फैसलापछि विशेष अदालतले अधिकांश रंगेहात घुससम्बन्धी मुद्दामा आरोपितहरुलाई सफाइ दिएको छ ।