Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


सेयरबजारमा वियरिष ट्रेन्ड कायमै


0
Shares

काठमाडौं, भदौ ५ । मंगलबार पनि सेयरबजारमा ‘वियरिष ट्रेन्ड’ कायमै रह्यो ।

यसदिन पनि बजार परिसूचक नेप्से ४ अंकले घटेर ११ सय ८३ मा आएर थामियो । कारोबार पनि न्यून रह्यो ।

कारोबार भएकामध्ये बढीजसो समूह रातो रहेसँगै नेप्से ऋणात्मक रहेको हो ।

यसदिन निर्जीवन बिमा, व्यापार, अन्य र जलविद्युत् समूह नगन्य अंकले हरियो रहेबाहेक अरु समूह ओरालो लागेका हुन् ।

उत्पादनमूलक समूह सबैभन्दा उच्च २२ अंकले झर्‍यो । लघुवित्त समूह पनि दोहोरो अंकले ऋणात्मक रहँदा अरु समूह भने सामान्य अंकले घटेका हुन् ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६१ कम्पनीका ५ लाख ७० हजार कित्ता सेयर जम्मा १७ करोड ९६ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सेन्जले जनाएको छ ।