
डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी वारेसनामामार्फत दर्ता भएको छ ।
प्रधामन्त्रीपत्नी डा.आरजु राणा देउवाले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराउनुभएकाे हाे ।
व्यस्तताका कारण प्रधानमन्त्री उम्मेदवारी दर्ताका लागि गृह जिल्ला डडेल्धुरा पुग्न नसकेपछि आरजुले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराउनु भएकाे जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएकाे छ ।
देउवाको प्रस्तावक जिल्ला पार्टी सचिव हेमराज चटौत रहेका छन् भने समर्थक पार्टी जिल्ला उपसभापति डिल्लीराज जोशी रहेका छन्।
प्रतिक्रिया दिनुहोस्