Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


काठमाडौं- ५ बाट एमालेका पोखरेलको उम्मेदवारी


247
Shares

काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराउनु भएकाे छ ।

२०७४ को निर्वाचनमा पनि पोखरेल काठमाडौं ५ बाटै प्रतिनिधिसभा सदस्य निर्वाचित हुनु भएकाे थियाे ।

२०१० सालमा ओखलढुंगामा जन्मिएका पोखरेल २०२४ सालदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ ।

यससँगै एमालेको तर्फबाट प्रदेश सदस्यका लागि दीपक निरौला र नारायण सिलवालले मनोनयन दर्ता गराउनु भएकाे छ ।