कपिलदेव खनाल (इमेज)
नुवाकोट, भदौ ५ । गल्छी–रसुवागढी सडकलाई दुरुस्त बनाउन अझै डेढ वर्ष लाग्ने चर्चा चलेपछि चीनबाट सरसामान ल्याउने व्यवसायी चिन्तित भएका छन् ।
यसपटक पनि उक्त सडकमा अवरोधका कारण चीनबाट ल्याउने सामान समयमा नआउने चिन्ता व्यवसायीको छ ।
चाडबाडको मुखमा सडक अवरुद्ध हुँदा ठूलो घाटा व्यहोर्नुपर्ने भन्दै सडक सन्चालनका लागि उनीहरुले सरकारसँग माग गरेका छन् ।
गल्छी–रसुवागढी सडक मर्मत गर्न एक हप्ता लाग्ने सडक डिभिजन कार्यालय नुवाकोटले जनाएको छ भने सडकलाई दुरुस्त बनाउन डेढ वर्ष लाग्ने सम्बन्धित अधिकारीहरुको भनाइ छ ।
भूकम्पपछि चीन जोड्ने तातोपानी नाका बन्द भएयता चीन र नेपालबीच आवतजावत र सामान ओसारपसारको एकमात्र विकल्पमा रसुवागढी नाका प्रयोग हुँदै आएको छ ।
१४ दिनयता सडक अवरुद्ध भएकै कारण चीनबाट कन्टेनर नेपाल प्रवेश गर्न सकेको छैन ।
नेपालतर्फ पनि विभिन्न स्थानमा पहिरोले सडक भत्काउँदा एक सातायता सवारी आवागमन ठप्पझैं भएको छ ।









प्रतिक्रिया दिनुहोस्