बासुदेव वर्मा (इमेज)
कपिलवस्तु, भदौ ५ । मुस्लिमहरुको दोस्रो प्रमुख चाड बकर इदका कारण कपिलवस्तुमा खसीको मूल्य ह्वात्तै बढेको छ ।
चाडका लागि बजारमा खसी किन्नेको भीड लागेको छ ।
बकर इदमा खसीलाई कुर्वानीस्वरुप बलि दिने चलन छ ।
बकर इदकै कारण जिल्लामा खसीको मूल्य उच्च भएको व्यापारी बताउँछन् ।
मुस्लिम समुदायले इदुल जोहो अर्थात् बकर इदमा खसीको बलि दिने चलन रहेको छ ।
कपिलवस्तुमा अहिले १० हजारदेखि ४० हजार रुपैयाँसम्मका खसी खरिद–बिक्री भइरहेको छ ।
बुधबार मुस्लिम समुदायले बकर इद पर्व मनाउँदैछन् ।
अरबी क्यालेन्डरअनुसार जिलहिज्जा महिनामा पर्ने बक्रर इद मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाउने तयारी गरेका छन् ।
बक्रर इदमा एक वर्ष नाघेका, चोटपटक नलागेका, स्वास्थ्य र दुरुस्त खसी चाहिने भएकाले यो पर्वमा खसीको मूल्य आकासिने गरेको छ ।









प्रतिक्रिया दिनुहोस्