Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


एसियाड पौडीतर्फ पुरुष ५० मिटर फ्रिस्टाइलमा शिरीष गुरुङ हिट चरणबाटै बाहिरिए


0
Shares

जकार्ता, भदौ ५ । इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुदको पौडीतर्फ पुरुष ५० मिटर फ्रिस्टाइलमा नेपालका शिरीष गुरुङ हिट चरणबाटै बाहिरिएका छन् ।

मंगलबार भएको प्रतिस्पर्धामा शिरीषले आफ्नो व्यक्तिगत कीर्तिमान पनि सुधार्न सकेनन् ।

२६.३३ सेकेन्डमा दूरी सकाएका शिरीष हिटमा तेस्रो भए । यो हिटबाट कुनैपनि खेलाडीले फाइनलमा ठाउँ बनाउन सकेनन् ।

अघिल्लो वर्ष तुर्कमिनिस्तानको आस्गाबातमा भएको एसियन इन्डोर एन्ड मार्सल आर्ट्स गेममा २५.४३ सेकेन्डको समय निकाल्दै शिरीषले ५० मिटर फ्रिस्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

शिरीषले पौडीको पुरुष १०० मिटर फ्रिस्टाइलमा पनि प्रतिस्पर्धा गर्नेछन् ।