४ असार २०८२, बुधबार | Thu Jun 19 2025


चलचित्र ‘के घर के डेरा’ को ट्रेलर सार्वजनिक


2.587k
Shares

काठमाडौं । दयाहाङ राई र विपिन कार्की अभिनित चलचित्र ‘के घर के डेरा’ को ट्रेलर सार्वजनिक भएको छ ।

शुक्रबार चलचित्र निर्माण टिमले काठमाडौंमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरले काठमाडौंमा घर हुने र नहुने परिस्थितिको कथा बोलेको छ । काठमाडौंमा घर बनाउन परिवारबाट आउने दबाब कतिसम्म हुन्छ भन्ने पनि टिजरमा देखाइएको छ ।

दीपेन्द्र के. खनालको निर्देशनमा बनेको यस चलचित्रमा दयाहाङ र विपीनका अलवा सुरक्षा पन्त र वर्षा राउत मुख्य भूमिकामा छन् । साथै चलचित्रमा रबीन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशी लगायतको पनि अभिनय रहेको छ ।

कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मले काठमाडौंमा घर हुने र डेरामा बस्ने मानिसको कथालाई प्रस्तुत गर्ने छ । ट्रेलरमा दयाहाङ र सुरक्षाको आफ्नै घर किन्ने चाहनादेखि विपिनको घर लुकाएको प्रसंग समेटिएको छ ।

शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जनले निर्माण गरेको फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् ।

ट्रेलर :