Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


लाल मोहम्मद हत्या प्रकरणमा एक युवतीसहित तीन जना पक्राउ


2k
Shares

काठमाडौं । लाल मोहम्मद हत्या प्रकरणमा एक युवतीसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१६ का २१ वर्षीया मनोरम मियाँ, १९ वर्षका मनोरम मियाँ र सुमी भनिने सुस्मिता स्याङ्तान छन् ।

गोठाटारमा ३ असोजमा गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गोली हानी हत्या गर्ने समूहलाई सहयोग गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमध्ये मियाँद्वयले वीरगञ्जबाट घटनामा प्रयोग भएको हतियार लिएर काठमाडौं आएकाे प्रहरीकाे अनुसन्धानबाट खुलेकाे छ । काठमाडौंमा उनीहरुले सुटरलाई हतियार दिएर घटनाको एक दिनअघि वीरगञ्ज पुगेका थिए ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहराले पक्राउ परेकामध्ये सुस्मिताले मोहम्मदको रेकी गरेको अनुसन्धानबाट खुलेकाे बताउनुभयाे।

उहाँले भन्नुभयाे, ‘पक्राउ परेका व्यक्तिहरुले दिएको बयानका आधारमा थप अनुसन्धान भइरहेको छ। घटनामा अन्य केही व्यक्ति पनि संलग्न रहेको अशंका गरिएकाे छ।’

मृतक लाल मोहम्मद कुनै समय जाली भारतीय नोटको कारोबारमा संलग्न व्यक्ति हुन् । उनी २०६३ मा नक्कली नोट कारोबारी बलुराम पटुवारको अनामनगरमा भएको हत्यामा पनि संलग्न थिए ।