१४ असार २०८२, शनिबार | Sun Jun 29 2025


अपांगता भएकी १९ वर्षीया युवती बलात्कृत


832
Shares

विराटनगर । मोरङ अपांगता भएकी एक १९ वर्षीया युवती बलात्कृत भएकी छन् । लेटाङ नगरपालिका– ९ मा शारीरिक रूपमा अपांगता भएकी युवती बलात्कृत भएकी हुन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बलात्कार आरोपमा लेटाङ–३ का ५६ वर्षीय शरणबहादुर राईलाई पक्राउ गरिएकाे जानकारी दिनुभयाे । उहाँका अनुसार राईले आफ्नो खेतमा बनाएको टहरोमा शनिबार राति ती पीडित युवतीलाई लगेर बलात्कार गरेको उजुरी परेकाे छ ।

उहाँले भन्नुभयाे, ‘पीडित किशोरीका दुवै खुट्टा चल्दैनन् । हिँडडुल गर्न नसक्ने किशोरीलाई बोकेर टहरोमा लगेर करणी गरेको प्रारम्भिक अनुसन्धानले देखाएकाे छ।’ राईविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयाे ।