म्याग्दी । लाखौं रकम खर्चेर विदेश जान अनेक प्रयास गर्दा पनि सफल नभएपछि म्याग्दीका एक युवाले पासपोर्ट च्यातेर माछापालन व्यवसाय सुरु गरेका छन् ।
अष्ट्रेलिया जाने मोहमा म्यानपावर कम्पनीलाई १५ लाख बुझाए पनि असफल भएपछि राँखु पिप्ले–१ का २७ वर्षीय गोकुल भण्डारीले व्यावसायिक माछापालन सुरु गरेका हुन् ।
उनले म्याग्दीको पिप्ले स्थित घुमाउने तालमा पाँच रोपनी जग्गामा ६५ लाखको लगानी गरेर व्यावसायिक माछापालन गरिरहेका छन् ।
माछापालनसम्बन्धी तालिम लिएर व्यवसाय सुरु गरेका भण्डारीले वार्षिक ३५ लाख आम्दानी गर्न सफल भएका छन् ।
एक पोखरीबाट सुरु भएको माछापालन फर्ममा अहिले पाँचवटा पोखरी पुगिसकेका छन् ।
पोखरीमा ग्रासकार्प, शिल्भर कार्प र कमन काप जातका १४ हजार भूरा छन् ।
विदेशको मोह त्यागेर गाउँमै परिश्रम गर्ने हो भने लाखौँ आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् ।









प्रतिक्रिया दिनुहोस्