Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


पोखरा विमानस्थलमा बाजा-गाजासहित पर्यटकलाई स्वागत


1k
Shares

पोखरा । पोखरा विमानस्थलमा ४३ औं पर्यटन दिवसको अवसर पारेर आज (मंगलबार) पहिलो उडान मार्फत पोखरा भित्रिने पर्यटकलाई स्वागत गरिएको छ ।

पोखरामा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा पर्यटन परिषदको संयुक्त आयोजनामा मंगलबार बाजागाजासहित पर्यटकलाई स्वागत गरिएको हो । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, पर्यटन बाेर्ड गण्डकी प्रदेशका प्रमुख काशिराज भण्डारी र पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले साेही कार्यक्रममा पर्यटकलाई खादा र प्रमाणपत्रसहित सम्मान गरेका थिए ।

उक्त अवसरमा पोखरामा रहेका विभिन्न पर्यटक सम्बध संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेकाे थियो ।पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार विमानबाट पहिला ओर्लने भारतीय पर्यटक भारती पण्डे, दोस्रोमा स्पेनका नागरिक इर्न अर्टिज रोवियो र तेस्रोमा स्पेनकै जेन्से कार्कोसलाई खादा र प्रमाणपत्रसहित स्वागत गरिएको हो। उनीहरुलाई प्रमाणपत्र प्रादन गरेर र खादा लगाइदिएर मन्त्री श्रेष्ठले स्वागत गर्नुभएकाे हाे ।

अध्यक्ष श्रेष्ठका अनुसार उनीहरु ३ जनासहित पहिलो उडान मार्फत पोखरा भित्रने पर्यटकका लागि विभिन्न प्याकेजमा छुटको व्यवस्था गरिएको छ । पर्यटन दिवसकै अवसर पारेर पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन, अन्तरक्रिया गरेसँगै पोखराको राष्ट्र बैंक चोकस्थित पर्यटन बसपार्कमा बसमा यात्रा गरेर आउने पर्यटकलाई स्वागत गरिएको छ । यसका साथै पोखरास्थिति विभिन्न पर्यटन सम्बध संघसंस्थाहरुले विभिन्न कार्यक्रम गरेर विश्व पर्यटन दिवस मनाएका छन् ।

नयाँ विमानस्थल छिटो सञ्चालनमा ल्याउन समेत माग गरेका छन् । साँझ पोखराको लेकसाईटमा मिनि सडक महोत्सवको समेत आयोजना गरिने भएको छ ।