Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिइन् स्वीकृति


494
Shares

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायहरूबीच एकीकृत तथा समन्वयात्मक रूपमा सुरक्षा प्रदान गर्ने कामका लागि सेना परिचालनको स्वीकृत दिएको भनेको छ ।

विज्ञप्तिअनुसार राष्ट्रिय सुरक्षा परिषद् र मन्त्रिपरिषद्को निर्णय तथा प्रधानमन्त्रीको पत्रका आधारमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको स्वीकृति दिइएको हो ।