Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


हजुरआमाको हत्या आरोपमा नाति पक्राउ


0
Shares

अमरगढी, जेठ २९ । डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका–२ मा ७३ वर्षीया वृद्धको हत्या आरोपमा नाति पक्राउ परेका छन् ।

सो गाउँपालिकाको कुँवरगाउँ बस्ने २४ वर्षीय रोशनराज गिरीले आफ्नै हजुरआमा राधादेवी गिरीलाई धान कुट्ने काठ (मुसल) ले बुधबार राति टाउकोमा  हिर्काएका थिए ।

घाइते वृद्धलाई उपचार क्रममा अस्पताल लैजादा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

रोशनलाई अमरगढी नगरपालिका–११ फिन्नेकोटस्थित लिटिरगाउँको जङ्गलबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । रासस