Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


बालिका बलात्कार आरोपी पक्राउ


0
Shares

चन्द्रौटा, जेठ २८ । कपिलवस्तुको शिवराज नगरपालिकाकी बालिकालाई बलात्कार गरी फरार रहेका एक युवक बुधबार पक्राउ परेका छन् ।

गत वैशाख ३ गते बालिकालाई बलात्कार गरेको आरोप लागेपछि फरार भएका शिवराज– ८ का २१ वर्षीय सकिलअलि सेफलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले बताए ।

सेफलाई गोप्य सूचनाका आधारमा विजयनगर गाउँपालिका वडा नं ३ पत्थरदेहियाबाट पक्राउ गरिएको जनाइएको छ ।

अभियुक्त सेफलाई सहयोग गरेको अभियोग लागेकी एक महिलालाई जिल्ला अदालतले केही दिनअघि रु. ५० हजार धरौटीमा रिहा गरेको थियो । रासस