Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा अनिश्चतकालीन तालाबन्दी


0
Shares

शिवहरि भट्टराई (इमेज)

राजविराज, भदौ ४ । सप्तरीको रुपनी गाउँपालिकामा रहेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा तालाबन्दी गरिएको छ ।

औद्योगिक क्षेत्रमा नियमित हटलाइन विद्युत् सेवा, पानी, सुरक्षा, फोहोर व्यवस्थापन र भत्किएका पर्खालहरु तत्काल मर्मत गर्न माग गर्दै गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र उद्योग संघले सोमबारदेखि व्यवस्थापन कार्यालयमा अनिश्चतकालीन तालाबन्दी गरेको हो ।

भारत सरकारको सहयोगमा वि.सं. २०५१ सालमा स्थापना गरिएको औद्योगिक क्षेत्र सुरुदेखि नै विभिन्न समस्याबाट प्रभावित हुँदै आएपनि कर्मचारीको बेवास्ताका कारण अझै पूर्णरुपमा सन्चालनमा आउन नसकेको उद्योगीहरुको गुनासो छ ।