Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


नेपालमा रामदेवको योगमाथि प्रतिबन्ध लगाउन माग


0
Shares

काठमाडौं, जेठ २४ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले जनताप्रतिको जिम्मेवारी पूरा गर्न राष्ट्रिय अठोटको आवश्यकता औंल्याएको छ ।

प्रतिनिधिसभाको शनिबार बसेको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै कांग्रेस सांसद डा. मीनेन्द्र रिजालले जनताप्रतिको जिम्मेवारी पूरा गर्न सम्पूर्ण राजनीतिक दल एक ठाउँमा उभिएर राष्ट्रिय अठोट गर्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।

कोरोना महामारीको असर कम गर्न सरकारले ध्यान दिन नसकेको आरोप लगाउँदै उनले अहिलेको संकटपूर्ण अवस्थामा सबै दल एक ठाउँमा उभिएर राष्ट्रिय अठोट गर्नुको विकल्प भएको धारणा राखे ।

सांसद डा. रिजालले जनता कसरी कोरोनाबाट बच्ने भन्ने चिन्तामा रहेको तर सरकार भने कार्पेट परिवर्तन गर्नतिर लागेको टिप्पणी गरे ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले सरकारले प्राकृतिक स्रोतको दोहन रोक्न ध्यान नदिएको र कोरोना महामारीले ध्वस्त पारेको पर्यटन क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउन उपयुक्त कार्यक्रम ल्याउन नसकेको टिप्पणी गरिन् ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ‘एमसीसी’ सम्झौता अविलम्ब खारेज गर्न माग गर्दै नेपालमा रामदेवको योगमाथि प्रतिबन्ध लगाउन माग गरे ।

उनले काठमाडौंमा जनसंख्याकेन्द्रित हुने अवस्था रोक्नुपर्ने धारणा राखे ।