Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


प्रस्तावित बिमा विधेयक संशोधनको माग


0
Shares

काठमाडौं, भदौ ३ । पेसागत बिमा अभिकर्ता संघ नेपालले प्रस्तावित बिमा विधेयक संशोधनको माग गरेको छ ।

छलफल नै नगरी संसदको अर्थ समितिमा पठाएको भन्दै संघ आवद्धहरुले यही विधयेक लागू गरेमा विरोध गर्ने चेतावनी दिएका छन् ।

संघले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी सरोकारवालाहरुसँग सुझाव नलिइ अनविज्ञले बनाएसरह विधेयक तयार गरिएको भन्दै संशोधन गर्नुपर्ने माग राखेको हो ।

सर्वाेच्च अदालतको फैसलालाईसमेत लत्याएर विधेयक ल्याउन लागेको संघको आरोप छ ।

प्रस्तावित विधेयकमा बिमितको हित तथा प्रतिफलको ज्ञारेन्टी नगरिएको र बिमा समितिको पुराना अधिकारसमेत खोसिएको भन्दै असहमति जनाएको छ ।

सन्चालकको योग्यता, सेयरको बाँडफाँट तथा सेयर बिक्री र धितो बन्धक राख्न वा हक हस्तान्तरण गर्न नपाइनेलगायतका बुँदाहरुमा संशोधन गर्नुपर्ने संघको माग छ ।