Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


एमएडब्लूले नेपालमा विक्री गर्‍यो १० हजार जेसीबी मेसिन


1.9k
Shares

काठमाडौं । नेपालका लागि जेसीबी मेसिनको आधिकारिक विक्रेता एमएडब्लू अर्थमुभर्स प्रालिले नेपालमा १० हजार जेसीबी मेसिन विक्री गरेर नेपाली कन्स्ट्रक्सन तथा हेभी इक्युप्मेन्ट क्षेत्रमा नयाँ प्रतिबिम्ब स्थापना गर्न सफल भएको छ ।

शुक्रबार जेसीबी इन्डियाका सिईओ तथा प्रबन्ध निर्देशक दिपक सेठीले एमएडब्लू अर्थमुभर्सका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत गोपालकुमार अग्रवालले कालिका कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक निकोलस पाण्डेलाई १० हजारौं मेसिनको चाबी हस्तान्तरण गरे ।।

जेसीबी टेलिह्यान्डलरको चाबी हस्तान्तरण गर्दै जेसीबी इन्डियाका सीईओ तथा प्रबन्ध निर्देशक दिपक सेठीले जेसीबी नेपालले ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्ने भएकै कारणले दक्षिण एसियाकै नम्बर १ डिलर बन्न सफल भएको बताए ।

उनले ग्राहक सुविधाका लागि कुनै पनि प्रकारको सहयोग आवश्यक परेको खण्डमा त्यसलाई पूर्ति गर्न जेसीबी इन्डिया सदैव तयार रहेको बताए ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।