Logo १२ फाल्गुन २०८२, मंगलबार | Wed Feb 25 2026


जनतासंग कांग्रेस अभियान सम्पन्न


169
Shares

धनकुटा । मंसिर ४ गते हुने संघ र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गररे नेपाली कांग्रेसले सुरु गरेको जनतासंग कांग्रेस अभियान धनकुटामा समापन गरीएको छ ।

विपी जयन्तीको अवर पारेर एक कार्यक्रमका विच नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री सुनिल बहादुर थापाले अभियान समापन गर्नु भएको हो ।

समापन कार्यक्रममा बोल्दै नेता थापाले कांग्रेस नेता कार्यकर्ता सधै जनताको पक्षमा रहेको भए पनि निर्वाचन लाई लक्षित गरेर नेता कार्यकर्ता जनताको घर दैलोमा पुगेर कांग्रेस जिताउन लाग्नु पर्ने बताउँनु भयो साथै उहाँले कांग्रेसले जिते मात्र जनताको जित र देशको विकास सम्भव रहेको बताउँनु भयो ।